सेभेन ए साईडमा एम–१२ च्याम्पियन, मनोज बने सर्वाेत्कृष्ट खेलाडी

कास्की | जेठ १४, २०७९

सेभेन ए साईडमा एम–१२ च्याम्पियन, मनोज बने सर्वाेत्कृष्ट खेलाडी

पोखरा :   केआईइसी एम १२ ले जनएकता क्लबद्वारा आयोजित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । रामेश्वरी माविको खेल मैदानमा शनिबार भएको फाईनल खेलमा एम–१२ ले रत्नचोकलाई ४–१ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । 

 

उपाधिसँगै एम–१२ ले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्याे । भने उपविजेता बनेको रत्नचोकले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ६१ हजार १ सय ११ रुपैयाँ हात पार्याे ।  खेलमा एम १२ का लागि अविनास तामाङले ह्याट्रिक गरे ।

 

सरोज तितुङले १ गोलको योगदान दिए । यता हार व्यहोरेको रत्नचोकका लागि सोनु गुरुङले सान्त्वना एक गोल फर्काए । 

 

कुल ४६ टोलीको सहभागिता रहेको प्रतियोगितामा फाईनल खेलको म्यान अफ दि म्याच अनिवास तामाङ घोषित भए ।  प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीको पुरस्कार मनोज गुरुङ घोषित भए । उत्कृष्ट गोलरक्षकका रुपमा  सोही क्लबकै रोमन थापामगर पुरस्कृत भए । 

 

यसैगरि उत्कृष्ट डिफेण्डरका रुपमा योगेश गुरुङ घोषित भए । सर्वाधिक गोलकर्ताको पुरस्कार सरोज तितुङ पुरस्कृत भए । उत्कृष्ठ खेलाडीले नगद ५ हजार प्राप्त गर्दा अन्य विधाका खेलाडीले ३÷३हजार रुपैयाँ प्राप्त गरेका थिए । 

 

विजेता तथा उपविजेता टोलीलाई पोखरा–१४ का नवनिर्वाचित वडाध्यक्ष बोधबहादुर कार्की, समाजसेवी अमृतबहादुर कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्